काठमाडौं । २ अक्टोवरबाट बलिउडका दुई सुपरस्टार ऋतिक रोशन र टाइगर श्रफको पखाईको एक्शन थ्रिलर फिल्म ‘वार’ दर्शकमाझ रिलिजमा आइसकेको छ । बक्स अफिसमा फिल्मले ‘ओपनिङ–डे’का दिन जबरदस्त कमाई गर्दै नयाँ रेकर्ड कायम गरेको छ । ओपनिङ-डेका दिन फिल्मले ५३.३५ करोड भन्दा बढीको ब्यापार गर्दै नयाँ रेकर्ड कायम गरेको हो ।
यसरी ओपनिङ–डेमा उत्कृष्ट कमाई गर्दै नयाँ रेकर्ड कायम गर्दा फिल्मका कलाकारहरु निकै खुसी छन् । ऋतिक र टाइगर दुवैले आफ्नो प्रसंसकहरुलाई धन्याबाद दिएका छन् । गान्धी जयन्तीको अवसरमा रिलिजमा आएको यो फिल्मको दोस्रो दिनको कमाईमा भने धेरै गिरावट आएको छ । फिल्म समिक्षक तरण आदर्शका अनुसार फिल्मले दोस्रो दिन २४.३५ करोड मात्र कलेक्शन गरेको छ ।
यस हिसाबले दुई दिनमै ‘वार’ले ७७.७० करोडको ब्यापार गरिसकेको छ । फिल्मको पहिलो दिनको कमाईको मामलामा २०१८ को दीवालीमा रिलिजमा आएको आमिर खानको ‘ठग्स अफ हिन्दोस्तान’लाई पनि पछाडि पारेको छ । आमिर खान, अमिताभ बच्चन, क्याट्रिना कैफको मुख्य भूमिका रहेको यो फिल्मले पहिलो दिन ५२.२५ करोडको ब्यापार गरेको थियो ।
अभिनेता ऋतिक रोशनले बिहीबार न्युज एजेन्सीहरुलाई खुसी ब्यक्त गर्दै भने-‘यो हाम्रो मेहेनतका लागि शान्दार प्रतिक्रिया हो । हाम्रो फिल्मलाई माया गर्नुहुर्ने सम्पूर्ण दर्शकहरुप्रति आभारी छु ।’
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।
