काठमाडौं । एक मोटी युवतीको भूमिकामा आफ्नो करियर सुरु गरेकी अभिनेत्री भूमी पेड्नेकरले बलिउडमा आफ्नो छुट्टै पहिचान बनाइसकेकी छन् । उनले ‘टोइलेट’, ‘शुभ मंगल सावधान’ लगाएतका फिल्ममा कुशल अभिनय गरेर दर्शक÷श्रोताको मनमा बस्न सफल बनेकी छन् । भर्खरै साउथ कोरियामा आयोजित फिल्म फेस्टिबलमा अभिनेत्री भूमीलाई ‘इन्टरनेशनल अवार्ड’बाट सम्मानित गरिएको छ ।
दक्षिण कोरियामा आयोजित बुसन बुसान इन्टरनेशनल फिल्म फेस्टिबलमा भूमी पेड्नेकरलाई ‘फेस अफ एसिया अवार्ड’बाट सम्मानित गरिएको हो । अभिनेत्री भूमीले सोसल मिडिया इन्स्टाग्राम अकाउन्टमा तस्वीर सेयर गर्दै जानकारी गराएकी छन् । अवार्ड जितेपछि मिड डेलाई दिएकी एक अन्तर्वार्तामा उनले भनिन्–‘मेरो कामलाई बुसानमा दर्शकहरु र आलोचकहरुले मन पराइदिनुभयो, म निकै खुसी छु । यो मेरो पहिलो अन्तराष्ट्रिय जित हो । मलाई गर्व लाग्छ । अहिलेसम्म मैले पूरै इमानदारिताका साथ काम गर्दै आएकी छु ।’
पछिल्लो समय उनी आफ्नो फिल्म ‘सांड कि आंख’का कारण चर्चामा छन् । यो फिल्ममा अर्की अभिनेत्री तापसी पन्नु पनि मुख्य भूमिकामा छन् । २५ अक्टोवरबाट दर्शकमाझ रिलिजमा आउँदै गरेको यो फिल्ममा भूमी र तापसीले उम्रदराज महिला सुटरको भूमिकामा देखिदैछन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।
