
काठमाडाैँ, ५ पुस । निर्मला पन्तको घटनामा आधारित फिल्म ‘कोपिला’को ट्रेलर सार्वजनिक भएकाे छ । गत वर्षको साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा उनको शव उखुबारीमा फेला परेको थियो ।
ट्रेलरमा त्यही घटनाको झझल्को दिने दृश्य समावेश गरिएकाे छ । ट्रेलर अनुसार हत्या भएको लामो समय बित्दा पनि सरकारले दोषी पत्ता लगाउन नसक्नु, पीडितलाई न्याय दिलाउन नसक्नु तथा राजनीतिक र सामाजिक रूपमा देशको विषम परिस्थिति फिल्मको सारका रूपमा बुझ्न सकिन्छ ।
शिवम् अधिकारीको निर्देशन, मनिराज गौतमको निर्माण तथा गणेश गिरीको प्रस्तुतिमा तयार फिल्ममा कोपिला पात्र निर्मलाको विम्वका रूपमा प्रस्तुत छिन्।
अधिकारीकै लेखनमा तयार फिल्ममा सरिता गिरी, गणेश गिरी, रिद्धीचरन श्रेष्ठ, विमल पौडेल, प्रेम वर्षा खनाल लगायतको अभिनय छ।
[embedded content]यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।