काठमाडौं । बलिउडका सुपरस्टार सलमान खानको फिल्म ‘दबंग–३’ दर्शकमाझ रिलिजमा आइसकेको छ ।

रिलिजपूर्व ‘दबंग–३’ले बक्स अफिसमा पहिलो दिन (ओपनिङ–डे’ ४० करोड भन्दा बढी व्यापार गर्छ भन्ने सबैले आँकलन गरेका थिए । तर, फिल्म रिलिजमा आइसकेपछि नतिजा ठीक उल्टो आएको छ ।
विशेषज्ञद्वारा जारी गरिएको आँकडा अनुसार सलमानको ‘दबंग–३’ पहिलो दिन २३ करोडको मात्र व्यापार गरेको छ । सलमान खानको ‘दबंग–३’ले किन आशा गरेअनुरुप पहिलो दिन बक्सअफिसमा कलेक्शन गर्न सकेन त !
पछिल्लो समय भारतमा धारा १४४ लागू भएको छ । जसको कारण सलमान खानको फिल्मलाई १५–२० प्रतिशत नोक्शान भएको बताइएको छ ।
अब यो फिल्मले विकेण्डमा राम्रो कमाई गर्ने आँकलन गरिएको छ । यो फिल्मले राम्रो रिभ्यू पाइरहेको छ ।
फिल्ममा दर्शकहरुले सलमान खानलाई छुट्टै गेटअपमा देख्न पाउनेछन् । ‘दबंग’ सिरिजको यो तेस्रो फिल्म हो । योसँगै अभिनेता खान अर्को फिल्म ‘राधे’मा पनि चाँडै देखिदैछन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।