काठमाडौं, ५ पुष । अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठ अभिनित फिल्म ‘सम्झना बिर्सना’को छायाँकनकाे केही तस्वीर बाहिरिएकाे छ । उक्त तस्वीरहरुमा उनीहरुको बुढेसकालको अवस्थालाई देख्न सकिन्छ ।

सामाजिक संजलमा शनिबार फिल्म ‘सम्झना बिर्सना’बाट पूजाले आफ्नो, आकाश र शिशिर राणाको कपाल फुलेको तीन तस्वीरहरु पोष्ट गरेकी छन्। निमेष प्रधानको निर्देशनमा बनिरहेको फिल्म आदित्य फिल्मसको ब्यानरमा निर्माण भइरहेको छ । फिल्मलाई शिव ढकालले खिचिरहेका छन्।

फिल्म ‘सम्झना बिर्सना’मा पूजा र आकाशसँगै छुल्ठिम गुरुङ, सुनिल थापा, शिशिर राणा, मेनुका प्रधान, मदन भुजेललगायतका कलाकारको पनि मुख्य भूमिका छ । पछिल्लो समय पूजा र आकाश फिल्ममा निकै व्यस्त छन्। ‘रामकाहानी’ फिल्मदेखि दर्शकले अत्यधिक रुचाएको जोडी हुन् आकाश र पूजा । एक पछि अर्को गर्दै उनीहरु एकसाथ भटा भट फिल्मको अभिनयमा लागेका छन् ।

पूजा र अकाश ‘रामकाहानी’पछि ‘समहालिन्छ कहिले मन’, ‘पोइ पर्यो काले’ र ‘सम्झना बिर्सना’मा संगै छन्। ‘पोइ पर्यो काले’ रिलिज भइसकेको छ तर ‘समहालिन्छ कहिले मन’ भने कहिले हलमा आउने अतोपतो छैन । ‘समहालिन्छ कहिले मन’ ‘रामकाहानी’पछि छायाँकन सुरु भएको थियो ।
त्यस्तै ‘म यस्तो गीत गाउँछु २’मा भने आकाश र पूजाको जोडी नभएर पूजा र पल शाह रहेका छन् । पूजा र पलको मुख्य भूमिकामा बनेको फिल्म ‘म यस्तो गीत गाउँछु २’को गीत ‘तिम्रो घरको वरिपरि ’ को भिडियो सार्वजनिक भइसकेको छ । फिल्म फागुन २३ गतेबाट प्रदर्शनमा आउँदै छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।