राष्ट्रपति विद्या देवी भण्डारीले प्रकृतिको संरक्षण सबैको दायित्व भएकाले मुलुकको संस्कृति र पर्यटन प्रवद्र्धन गर्न प्राकृतिक वस्तुहरुको संरक्षणका लागि सबै अग्रसर हुनुपर्ने बताउनुभएको छ । उहाँले प्रकृतिको धनी देश नेपालको सौन्दर्यलाई जोगाइ राख्न राष्ट्रिय स्तरमै सबै लाग्नुपर्ने बताउनुभयो ।