काठमाडौँ, ९ मंसिर । लागूऔषध अभियोगमा गिरफ्तार भएकी चर्चित भारतीय हास्यव्यंग्य कलाकार भारती सिंह र उनका श्रीमानलाई जमानतमा छाडिएको छ।
हास्यकलाकार भारती सिंह र उनका श्रीमान् हर्ष लिम्बाचियालाई मुम्बईको एक अदालतले जमानत दिएको हो । लागूपदार्थविरुद्धको सरकारी संस्था एनसीबीले हालै भारतीको घरबाट अवैध गाँजा बरामद गरेको थियो।
एनसीबीका अधिकारीहरुका अनुसार भारती र उनका श्रीमानले गाँजा सेवन गर्ने स्वीकार गरेका छन्।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।