- सन्तोष पौडेल,
खोटाङ ,१४ मंसिर । किरात राई यायोक्खा खोटाङले ‘किरात पहिचान’ नामक वृत्तचित्र सार्वजनिक गरेको छ । किरात राई कलाकार संघका केन्द्रीय उपध्याक्ष तथा लेखक शालिक शतासकको खोज अनुसन्धान तथा निर्देशनमा तयार पारिएको ऐतिहासिक वृत्तचित्र जिल्ला समन्वय समितिको सभाहलमा एक कार्यक्रमको आयोजना गरी शनिबार सार्वजनिक गरेको हो ।
प्रदेश सभा सांसद रामकुमार राई पासाङले कम्प्युटरको की दबाएर प्रोजेक्टरमार्फत् ऐतिहासिक वृत्तचित्र सार्वजनिक गरेका हुन् । किरात राई यायोक्खाले एक नम्बर प्रदेशको नामाकरण किरात प्रदेश राखिनु पर्ने माग राखी वृत्त चित्रको सार्वजनिक गरिएको हो ।
कार्यक्रममा बोल्दै एक नम्बर प्रदेशलाई किरात प्रदेश बनाउने अभियानमा अहिले निरन्तर आफ्नो अभियान जारी रहेको सांसद राईले बताएका छन् ।
कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष बबि चाम्लिङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर विणा देवि राई, नेकपाका जिल्ला सचिव राम प्रसाद दंगाल, जनता समाजवादी पार्टीका जिल्ला उपाध्याक्ष पिके खम्बु, राप्रपाका जिल्ला अध्यक्ष जीवन कुमार श्रेष्ठ, गैरसरकारी सँस्था महासंघका जिल्ला अध्यक्ष दानबहादुर राई, किरात राई यायोक्खाका केन्दिय सदस्य अन्जना राई लगायतको अन्य ब्याक्तित्वहरुको उपस्थिति रहेको थियो ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।