सत्तामा चढ्दा संविधान र कानून मिच्ने नेपाली राजनीतिक दलहरुको पुरानै प्रवृति हो । अहिले कैलालीको टीकापुर घटना यही प्रवृति बनेर अघि आएको छ । अमानवीय र बर्बर टीकापुर घटनाका दोषीको मुद्दा फिर्ता लिएर सरकारले प्रहरीको मनोबल मात्र गिराउने काम गरेको छैन , संविधान र कानूनको समेत उपहार गरेको प्रष्ट भएको छ । टीकापुर घटनालाई लिएर यतिखेर सरकार र नेपाल प्रहरी आमने सामने हुने अवस्थामा मात्र आएको छैन । कानूनको रखवारी गर्ने सर्वोच्च अदालतको समेत अवमूल्य गर्ने काम सरकारले गरिरहेको छ ।
SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV