९८ बर्षका तन्नेरी अर्थात अझै पनि हिम्मतिला युवा भन्दा कम छैनन् राष्ट्रकवि माधव घिमिरे । शुक्रबार ९८ औं जन्मदिन मनाइरहदा मस्र्याङ्दी झै देखियो उनको मुहार कञ्चन र सफा । हसिलो मुहार , साहसको र जोशले भरिएको बोली । बस के चाहियो , कम मानिसमात्र यस्ता भाग्यमानी मानिन्छन । जो जीवनमा शतक छुन लाग्दा पनि अझै बीसको बैंशमा हिडदै गरेको भान हुन्छ ।
SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV